दफा ८क
नापी नक्सा अद्यावधिक गर्ने
–
(१) दफा ७ र ८ बमोजिम कायम भएको दर्ता स्रेस्ता अनुरुप नापी नक्सामा संशोधन गर्नु पर्ने भएमा मालपोत कार्यालयले सम्बन्धित मेन्टिनेन्स नापी शाखामा लेखी पठाउनु पर्नेछ र त्यसरी लेखी आएपछि मेन्टिनेन्स नापी शाखाले पनि नापी नक्सामा आवश्यक संशोधन गर्नु पर्नेछ ।
(२) जग्गाको वास्तविक स्थिति र नापी नक्सामा एकरुपता नभएको देखिएमा मालपोत कार्यालयले नापी नक्सामा सुधार गर्न नापी विभागमा लेखी पठाउनु पर्नेछ र त्यसरी लेखी आएपछि नापी विभागले नापी नक्सामा आवश्यक सुधार गर्नु गराउनु पर्नेछ ।